मापदण्ड मिचेर फिल्म सुटिङ

मुस्ताङमा अहिले भारतीय चलचित्र तिरिमाली छायांकन भइरहेको छ
सुन्दरकुमार थकाली, जोमसोम
समुदाय स्तरमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि मुस्ताङी कोरोनाको त्रास बढेको छ । कोरोनाकै कारण बिहीबार १ महिलाले ज्यान गुमाइन् भने जिल्लामा अझै १२ सक्रिय संक्रमित छन् ।
केही साताअघिसम्म ग्रिन जोन रहेको मुस्ताङमा पर्यटकीय गतिविधि बढेसँगै संक्रमणको ग्राफ बढेको हो । चैते ददैं, औंसी, नयाँ वर्ष र रामनवमी लगायतका पर्वमा सयौं धार्मिक पर्यटक मुस्ताङ आएका थिए ।
भारतसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएपछि मुस्ताङको सिसिएमसीको आकस्मिक बैठकले ११ वैशाखदेखि मुक्तिनाथ मन्दिर बन्द ग¥यो ।
बैठकले विवाह, ब्रतबन्ध, भोज भतेर, सभा, समारोहमा भीड कम गर्ने निर्णय भयो । बैठकले धार्मिक मठ, मन्दिर, गुम्बा र चर्चमा नियमित पूजापाठबाहेक सबै गतिविधिमा रोक लगायो ।
यस्ता कार्यक्रममा १५ जनाभन्दा बढी भेला हुन नपाइने र जिल्ला प्रवेश गर्ने पर्यटकलाई होटल क्वारेन्टाइन बसेको प्रमाणपत्र अनिवार्य गरियो । सिसिएमसीले आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर जिल्ला प्रवेश नगर्नसमेत अनुरोध ग¥यो ।
संक्रमणको उच्च जोखिमलाई चुनौती दिदै १६ वैशाखमा भारतीय जम्बो चलचित्र छायांकन टोली मुस्ताङ आइपुग्यो । भारतमा कोरोनाको जोखिम उत्कर्षमा पुगेका बेला भारतीय चलचित्रकर्मी मुस्ताङ आएपछि स्थानीय त्रस्त छन् ।
सूचना तथा सञ्चार मन्त्रालयको अनुमति लिएर मुस्ताङमा छायांकन गर्न आएको टोलीले जनाएको छ । टोलीमा ५०÷६० जना छन् । जसमा ४÷५ जना नेपाली कलाकार पनि छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जम्बो भारतीय चलचित्रकर्मीको टोलीले सञ्चार मन्त्रालयको अनुमति लिएको र चलचित्र छायांकनलाई सरकारले रोक लगाइ नसकेकाले जिल्ला प्रवेशको अनुमति दिएको जनाएको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले भारतीय टोलीलाई बस्तीभन्दा पर छायांकन गर्न सुझाइएको सुनाए ।
टोलीले मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, स्याङ, मार्फा, टुकुचे, ढुम्बाताल, नाउरिकोट लगायतका गाउँमा सुटिङ गर्ने जनाए पनि कोरोना जोमिखका कारण स्थानीयले सुटिङ गर्न दिएनन् । स्थानीय प्रशासनले बस्तीदेखि टाढा भने पनि उनीहरु बस्तीनजिक नै सुटिङ गर्न चाहन्थे ।
गाउँलेको अवरोधपछि निर्धक्क सुटिङ गर्न नसकेको टोलीका सदस्यहरु बताउँछन् । मुस्ताङको घरपझोङ ३ पुथाङ एअरपार्टका २ होटलमा बसेका उनीहरुले सुटिङका लागि १ बस र ५ वटा जिप भाडामा लिएका छन् ।
आफूहरु पिसिआर रिपोर्टसमेत लिएर आएको बताउने उनीहरुले सुटिङस्थलमा आवश्यक सुरक्षा मापदण्डसमेत पालना नगरेको स्थानीय बताउँछन् ।
मुस्ताङमा अहिले भारतीय चलचित्र तिरीमाली छायांकन भइरहेको छ ।नेपाली र भारतीय निर्माता रहेको उक्त चलचित्र युनिटले १५ वैशाखदेखि लगातार मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिरहेको छ ।
यो भारतीय चलचित्र केरला भाषामाको हो । यसमा भारतीय निर्माता एसके लोरेन्स र नेपाली निर्माता सरोज न्यौपानेको संयुक्त लगानी छ । चलचित्रमा नेपाली कलाकारहरु स्वस्तिमा खड्का, माओत्से गुरुङ र उमेश तामाङ पनि छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले १५ जनाभन्दा बढी भेला हुन नपाउने जनाए पनि फिल्म छायांकनले प्रशासनको धज्जी उडाएको स्थानीयको भनाइ छ । छायाँकन अझै ३ दिन चल्ने जनाइएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया