टी ट्वान्टी र एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाडौं ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो ।
यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।
नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औँ स्थान हो । टी–ट्वान्टीको नयाँ बरियताको पहिलो स्थानमा इङ्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।
यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया