भारतमा एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ। यो भारतमा एक दिनको अवधिमा मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। योसँगै भारत एकै दिन चार हजारभन्दा बढीले ज्यान गुमाउने ब्रजिल र अमेरिकापछि तेस्रो मुलुक बनेको छ।
विज्ञहरूले दैनिक रूपमा ज्यान गुमाइरहेका मानिसहरूको सङ्ख्या थप बढ्नसक्ने बताएका छन् ।
भारतमा २४ घण्टाको अवधिमा चार लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् र ४,१८७ जनाको मृत्यु भएको बिबिसी न्युज हिन्दीले जनाएको छ।
भारतमा फेब्रुअरी १४ तारिखयता कोरोनाभाइरसका कारण ८२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
सरकारी तथ्याङ्कका अनुसार भारतमा हालसम्म कुल २ करोड १८ लाख ९२ हजारभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
त्यस्तै हालसम्म २३८,२७० जनाको कोभिडका कारण मृत्यु भएको छ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख २३ हजारभन्दा केही बढी छ।
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले भारतमा कोरोनाभाइरसको बढ्दो सङ्क्रमण र मृत्यु डरलाग्दो रहेको बताएकी छन्।
समाचार संस्था पीटीआईका अनुसार ह्यारिसले अमेरिकाका लागि भारत महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।
भारतीय मूलका मानिसहरूका लागि आयोजना गरिएको कोभिड–१९ सम्बन्धी एक कार्यक्रममा प्रसारण गरिएको एउटा भिडियो सन्देशमा उनले भनिन्, ‘तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि मेरो परिवारको कैयौँ पिँढी भारतका हुन्।’
‘मेरी आमाको जन्म र पालनपोषण भारतमै भयो। मेरो परिवारका कैयौँ सदस्य आज पनि भारतमा छन्।’









म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया