क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउन बतासको पहल

समाधान संवाददाता, पोखरा
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउन्डेसनले अग्रसरता लिएको छ ।
फाउन्डेसनका आनन्दराज बतासका अनुसार प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने छ, अहिलेसम्म डेढ करोड रुपैयाँ उठिसकेको छ ।
अटोवेज प्रालिका नारायण पौडेल, सेलवेज प्रालिका सुशील प्रधानांग, सुपर मादी हाइड्रो पावरका पुष्पज्योति ढुंगाना, क्वालिट एग्रिगेट माइनिङका देवबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् । बतास फाउन्डेसनले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रतिघण्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिनमा तयार गरिसक्ने आनन्दराज बतासले जानकारी दिए ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सयभन्दा बढी बेड भएका सबै निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरेर जानकारी गराउन अनुरोध गरेको छ ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भएको र अक्सिजनको आपूर्ति प्रक्रिया जटिल बन्दै गएको भन्दै मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्क वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुले अस्पतालमा पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनु हुन यस मन्त्रालयको २०७८÷०१÷२९ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया