संरक्षणकर्मी कतिलाको कोभिडबाट निधन
समाधान संवाददाता
२०७८ जेठ ३ गते २२:४७

कोभिड–१९ ले सर्प संरक्षणकर्मी महेन्द्र कतिलाको निधन भएको छ। कतिलाले २ दिनअघि फेसबुक स्टाटसमा आफू संक्रमित भएको जानकारी दिएका थिए। उनले लेखेका थिए,‘लापरवाही नगर्नुस् है,बढो कष्ट पो हुँदोरहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा।’ तर, फेसबुकमा स्टाटस लेखेको ३ दिनमै कतिलाको कोरोनाकै कारण मृत्यु भएको छ ।
सर्प संरक्षणको क्षेत्रका चर्चित हस्तीको कोभिडकै कारण सोमबार ज्यान गएको पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले जानकारी दिएका छन्। कतिला सर्प संरक्षण समाजका अध्यक्ष पनि थिए। करिब एक महिनाअघि बागलुङमा गोमन सर्प भेटिँदा उनले नै त्यसको उद्धार गरेका थिए। पोखराको भैरवटोलमा जन्मेका कतिला सर्पलाई मान्छेभन्दा जाती ठान्थे । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेका कतिला २०३३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति पनि भएका थिए ।
सम्बन्धित







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया