काे काे बन्दैछन् गण्डकीमा मन्त्री, नामावली सहित

समाधान संवाददाता, पाेखरा ।
मुख्यमन्त्रीकाे सपथ खाएकाे एक हप्तापछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।
बैशाख २९ गते सदनमा सबैभन्दा ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्री बनेका उनले एक महिनाभित्रै विश्वासकाे मत लिनु पर्नेछ भने असार नलाग्दै गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गराउनु पर्नेछ ।
एमालेका जम्मा २८ सांसद भएकाे प्रदेश सभामा उनले बहुमतका लागि कम्तिमा थप ३ जना सांसदकाे समर्थन जुटाउनु आवश्यक छ ।
त्यसैले मन्त्रिमण्डल बिस्तारमा ढिलाई गरेर अन्य दललाई पनि सरकारमा सहभागी बनाउन चाहेका मुख्यमन्त्री गुरुङले यसबीचमा छलफल नै गर्न पाएनन् । काेराेना संक्रमित उनले सन्चाे नभएकैकारण छलफल गर्न नपाएकाे बताइन्छ ।
लामाे समयसम्म मन्त्रिविहिन हुँदा मन्त्रालयकाे काम प्रभावकारी नहुने भएकाले पनि अन्य दलसँग छलफल अवागै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गर्न लागेका छन् ।
अहिलकाे उनकाे मन्त्रिमण्डलमा नयाँ अनुहारले भने माैका नपाउने श्राेतले बतायाे । उनले पुराना सबै मन्त्रिलाई पुन सपथ ख्वाउदैछन् । उनीहरुलाई खबर पनि भैसकेकाे छ । तर मन्त्रीहरुले पाउने जिम्मेवारीमा भने सामान्य हेरफेर हुन सक्ने श्राेतले बतायाे ।
श्राेतका अनुसार मुख्यमन्त्रीकाे कार्यालयबाट मन्त्री बन्ने लागेका सांसदहरुलाई खवर पुगिसकेकाे छ । मन्त्री बन्न गैरहेकाे सांसद निम्न छन् । यी सबै पुराना मन्त्री हुन् ।
किरण गुरुङ मन्त्री अर्थ
रामशरण बस्नेत मन्त्री भाैतिक
विकास लम्साल मन्त्री पर्यटन
नरदेवी पुन मन्त्री सामाजिक विकास
राजीव गुरुङ मन्त्री युवा तथा खेलकुद
श्राेतका अनुसार आन्तरिक मामिला र कृषि मन्त्री खाली छन् । यी मध्ये केहीकाे मन्त्रालय हेरफेर गर्ने वा मुख्यमन्त्री केही मन्त्रालयकाे थप जिम्मा लिने गरी तयारी भैरहेकाे श्राेतले बतायाे ।
तपाईको प्रतिक्रिया