नेपाली फुटबल टोली आउँदो साता इराक जाने

काठमाण्डाैं, रासस ।
नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।
नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ ।
मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलबार २३ खेलाडीको घोषणा गर्नुभएको थियो । यसअघि गत साता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
समूह बी मा रहेको नेपालले विश्वकप छनोटमा चाइनीज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार ब्यहोरेको छ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया