लिभरपुलकाे च्याम्पियन लिग खेल्ने सम्भावना कायमै

एजेन्सी
इङ्गिलस क्लब लिभरपुलले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल स्थान बनाउने प्रयासमा महत्वपूर्ण सफलता हात पारेकाे छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीमाथि ३–० को जित निकालेर चौथो स्थानमा उक्लिएको लिभरपुलले अन्तिम त्यहिँ अडिरहने सम्भावना कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा लिभरपुलका लाग ४३ औँ मिनेटमा रोबर्टो फिरमिनो, ५२ औँ मिनेटमा फिलिप्स र ८८ औँ मिनेटमा ओक्सलेड–चेम्बरलेनले गोल गरेका हुन् ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले बुधबारको जितलाई सेमिफाइनलको जित जस्तै रहेको बताएका छन् । उसले शीर्ष चारमा अटाउनका लागि आउँदो आइतबार लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्ने छ ।
बुधबारको जितपछि शीर्ष चारमा पुगेको लिभरपुलको ३७ खेलबाट ६६ अंक भएको छ । समान अंक भएको लेस्टर सिटी पाँचौँ स्थानमा झरेको छ ।
बुधबार राति नै भएको खेलमा एस्टन भिल्लासँग २–१ ले पराजित भएको टोटनह्यामको युरोपा लिगमा पर्ने सम्भावना कम भएको छ ।
पराजित टोटनह्याम ३७ खेलबाट ५९ अंकसहित सातौँ स्थानमा छ । वेष्ट ब्रोममाथि ३–१ को जित दर्ता गरेको वेष्ट ह्यामले भने युरोपा लिगको सम्भावना बलियो बनाएको छ । उ ६२ अंकसहित छैटौँ स्थानमा छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया