डिएसपी केसी रहेनन्
समाधान संवाददाता
२०७८ जेठ ६ गते १२:२७

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । कुनै बेला केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा डिएसपी थिए । उनी ४३ वर्षका थिए ।
प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको मृत्यु भएको हो । केही दिन होम आइसोलेसनमा बसेका डिएसपी केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। उपचारका क्रममै बुधबार राति निधन भएको हो ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डिएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक भएका थिए ।
सम्बन्धित








त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया