राप्रपाले भन्याेः गल्ति सच्याऔं, राजा ल्याऔं

समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले राजा फालेर राष्ट्रपति ल्याउनु गल्ति थियाे भन्दै देशलाई अझै पनि राजसंस्था आवश्यक रहेकाे बताएका छन् ।
प्रतिपक्षी दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीकाे भूमिका प्रति औला उठाइरहेकेा बेलामा राप्रपाका अध्यक्ष राणाले माैका फाइदा उठाउदै गणतन्त्र नै हटाउन भनेका छन् ।
शनिकार ट्विट गर्दै राणाले राष्ट्रपतिकाे भूमिकाकाे आलाेचना गर्दै यसै कारणले देशमा राजसंस्था अपरिहार्य छ भन्ने पुन पुष्टि भएकाे दावी गरेका छन् ।
उनले भनेका छन्– ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ। दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि गरेको छ ।’
उनले ठुला र सफल देशमा पनि राजा छन् भन्दै नेपालमा राजा हटाउनु गल्ती थियाे पनि भनेका छन्– ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन।’
निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको उनले बताएका छन् ।
ट्वीट गर्दै राणाले भनेका छन्, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो। यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो।’









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया