कोभिड संकट व्यवस्थापन कोषमा ९ लाख

रासस, तनहुँ
तनहुँ उद्योग वाणिज्य संघको सक्रियतामा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ संकलन भएको छ । कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि संघले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो ।
यसअघि रु.आठ लाख ४२ हजार ७३७ सङ्लंकन भएकोमा शुक्रबार मात्रै रु.५५ हजार नौ सय ९० थपिएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । संघले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहनुभएका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताए ।
पूर्वमन्त्री भण्डारीद्वारा आर्थिक सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंक भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन् । नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् । त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया