आज ७१३५ कोरोना संक्रमित निको
समाधान संवाददाता
२०७८ जेठ १० गते १६:५४

काठमाडौँ ।
सोमबार सात हजार १ सय ३५ कोभिड १९ का संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४ सय ८३ जना निको भइसकेका छन् । २४ घण्टामा एक सय ८५ संक्रमितको मृत्यु भएको छ । कुल छ हजार ५ सय ३१ संक्रमितको मृत्यु भइसकेको छ ।
२० हजार ४ सय ५३ परीक्षण गर्दा सात हजार ४ सय २५ जना संक्रमण देखिएको छ । २९ लाख ३६ हजार ३ सय १४ जनाको परीक्षण गरिसकेको छ । मुलुकभर पाँच लाख २० हजार ४ सय ४ सय ६१ संक्रमित छन् ।
सक्रिय संक्रमित एक लाख १५ हजार ४ सय ४७ छन् । पछिल्लो समय संक्रमणमुक्त हुने दर ७६।६ प्रतिशत रहेको छ । देशभर क्वारेन्टाइन बस्नेहरूको संख्या ९ सय २४ छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया