काठमाडौंमा एक साता निषेधाज्ञा थप्ने तयारी
समाधान संवाददाता
२०७८ जेठ ११ गते १२:३५

काठमाडौँ– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी गरिएको छ ।
कोरोना भाइरस संक्रमण दर स्थिर रहेकाले पुनः एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
यसका लागि आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर०का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
अबको निषेधाज्ञामा अझ कडाइ गर्ने तयारी भएको छ । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो ।
सम्बन्धित









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया