सन्दीपले पाएनन् भिसा, गुमाउन सक्छन् २ फ्रेन्चाइज

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा पाउनै कठिन हुँदा गुमाउने सम्भावना बढेको छ । सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्ने छन् । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ ।
सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुने छ । टि२० ब्लास्टको मिति नजिकिँदै गर्दा सन्दीपले अझै सम्म भिसा भने पाएका छैनन् ।
‘मैले टि२० ब्लास्ट र द हन्ड्रेड खेल्नको लागि इंग्ल्यान्डको भिसाको लागि आवेदन दिएको झण्डै एक महिना भयो । मेरो उडान समय नजिक आउँदै छ । मैले अफिसमा फोन गरेर जानकारी लिइ रहेको छु । तर स्पष्ट कुनै जानकारी पाएको छैन । मलाई थाहा छ यो कठिन समय हो’, सन्दीपले मंगलबार मध्यरातमा एक ट्वीट गर्दै भनेका छन् ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया