अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

डाेटी, रासस ।
जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।
कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्क्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका सङ्क्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना सङ्क्रमण देखिएपछि उनी मङ्गलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मङ्गलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।









बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया