विपन्न वर्गलाई स्वास्थ्य सामग्री

पोखरा, १२ जेठ
२५६५ औं बुद्ध जयन्तीको अवसरमा श्री ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानद्वारा पोखरा महानगरपालिका वडा नम्बर १४ नयाँ बस्तीका विपन्न वर्गलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
कोरोना संक्रमणको जोखिमबाट सुरक्षित राख्नउक्त बस्तीका १३७ घर परिवारलाई ४० हजार रुपैयाँको मास्क र डिटोल साबुन लगायत स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले जानकारी दिए ।
प्रतिष्ठानका सल्लाहाकार गोविन्द नेपालीको समन्वयमा उक्त स्वास्थ्य सामग्री दोभान नमुना टोलविकास संस्थाका अध्यक्ष डिलबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष गुरुङले कोरोना महामारीको अवस्थामा विपन्न परिवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिए ।
स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा संस्थाका सचिव लोकेन्द्र राई, सहसचिव रामचन्द्र सुनार, आमा समूहका अध्यक्ष सुस्मा परियार, खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नारायण गुरुङ, सचिव सोममाया तामाङ लगाएको उपस्थिति थियो ।
कार्यक्रमको टोल विकास संस्थाका सल्लाहकार सन्तोष परियारले सञ्चालन गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया