१०६ संक्रमितले गुमाए ज्यान
समाधान संवाददाता
२०७८ जेठ १३ गते १६:३१

काठमाडौँ– नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १०६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया