माओवादी प्रदेश सांसद गुरुङलाई मातृशोक

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की प्रमुख सचेतक गायत्री गुरुङ कुसुमलाई मातृशोक परेको छ । उनी ६७ वर्षीया आमा मनमाया गुरुङको आज सोमबार विहान (राति) २ बजे पोखरा मेडिप्लस अस्पताल रानीपौवामा निधन भएको हो ।
मनमायाको जेठ ४ गते पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएप्छि ५ गते अस्पताल भर्ना गरेको सांसद छोरी कुसुमले जानकारी दिइन् । मनमायाका ३ जना छोरी नै राजनीनिमा छन् । कुसुमकी दिदी सावित्री दुरा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ हुन् भने अर्की दिदी लक्ष्मी गुरुङ पनि राजनीतिमै छिन् । कुसुमका श्रीमान् बखानसिंह गुरुङ माओवादी केन्द्र कास्कीका अध्यक्ष हुन् ।
स्वर्गीय मनमायाका श्रीमान्को पहिल्यै निधन भइसकेको थियो । उनका ३ छोरी र एक छोरा छन् । कोरोना संक्रमणका कारण निधन भएको हुँदा मनमायाको दाहसंस्कार नेपाली सेनाले गरेको छ । परिवारले परम्पराअनुसारको अर्घाैं केही समयपछि गर्ने भएको छ ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया