मिडियासँग कुरा नगर्ने ओसाकाकाे अडान, फ्रेन्च ओपन नखेल्ने घाेषणा

एजेन्सी ।
विश्व नम्बर दुई टेनिस स्टार नामोमी ओसाकाले पत्रकारहरुसग कुरा गर्नु भन्दा ग्राण्डस्लाम प्रतियाेगिता नै छाेडने निर्णय गरेकी छन् । उनकाे याे निर्णयले विश्वका टेनिस एवं खेलप्रेमीहरुलाई आश्चर्य चकित पारेकाे छ ।
फ्रेन्च ओपनकाे पहिलाे खेलमा जित हासिल गरेकी ओसाकाले पत्रकारहरुसँग कुरा गर्न पत्रकार सम्मेलनमा नआएका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि जारी फ्रेन्च ओपन बीचैमा छाड्ने निर्णय गरेकी हुन् ।
ट्वीटरमार्फत ग्राण्डस्लाम छाड्ने घोषणासँगै उनले यो पनि भनेकी छन्, ‘सन् २०१८ मा पहिलोपल्ट ग्राण्डस्लाम जितेयता डिप्रेसनको सामना गरिरहेकी छु ।’
२३ वर्षीया ओसाकाले अघिल्लो साता आफ्नो मानसिक स्वास्थ्यका कारण रोनाल्ड ग्यारोसमा पत्रकार सम्मेलन गर्न नसकेको प्रष्ट पारेकी थिइन् । ‘म कहिल्यै पनि आफ्नो ध्यान बिकेन्द्रित गर्न चाहँदिन’ चारपल्टकी ग्राण्डस्लाम विजेताले भनिन् ।
आइतबार रोमानियाकी प्याट्रिसिया मारियालाई सोझो सेटमा पराजित गरेपछि पत्रकार सम्मेलनमा अनुपस्थित भएकी उनलाई आयोजकले १५ हजार अमेरिकी डलर जरीवाना लगाएका थिए ।
त्यसको एक दिनपछि चारै ग्राण्डस्लाम आयोजकले संयुक्त वक्तव्य जारी गरी सन्चारमाध्यमसँग कुरा गर्न नचाहनेलाई प्रतियोगिताबाट निष्कासन गर्ने तथा भविश्यका ग्राण्डस्लामबाट पनि निलम्बित गर्ने चेतावनी दिएका थिए ।
यही कारण सोमबार ओसाकाले प्रतियोगिता छाडेको घोषणा गर्दै भनेकी छन्, ‘अबको केही समय कोर्ट छाड्नुपर्नेछ । सबैकुरा सही भइदिएको भए म वास्तवमा टूर गरिरहन चाहन्छु । हामी खेलाडी, पत्रकार र समर्थकहरु मिलेर सबै कुरा परिवर्तन गर्ने प्रयासस्वरुप कुराकानी गर्नेछौं ।’
फ्रेन्च टेनिस फेडेरेसनका अध्यक्ष जिलेस मोरेट्टोनले दोस्रो वरियताको खेलाडीले प्रतियोगिता छाड्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनले ओसाकाको स्वास्थ्यलाभको कामनासमेत गरे ।









पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया