उपल्लो डोल्पामा काेराेना लक्षणका बिरामी, औषधीकाे अभाव

जाजरकाेट, रासस ।
उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।
डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्लादेखि प्रदेश र सङ्घ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरूले सहयोग पाउन सकेनन् ।”
उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधिलगायतका सामग्री पाएका छैनन्् । पटकपटक सङ्घ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिइएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेको दुखेसो छ । “चाँडोभन्दा चाँडो माग पूरा गर्न सरकारलाई माग गर्छौँ”, डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भन्नुभयो ।
स्थानीय तहले तत्काल ४०० देखि ४५० केजी औषधिका साथै आवश्यक किट हेलिकोप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पठाइदिन आग्रह गरेका छन् । खच्चडमार्फत उपल्लो डोल्पा लैजाँदा धेरै समय लाग्ने हुँदा हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया