विश्वकप खेल्ने देशको संख्या बढाइयो, नेपाललाई सहज

काठमाडौँ । आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको संख्या बढाएको छ ।
आईसीसीले एकदिवसीय र टी(ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी(ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।
यस्तै टी(ट्वान्टी विश्वकपको सन्२०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी(ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।
यस निर्णयले नेपालजस्ता एसोसियट राष्ट्रका लागि विश्वकप खेल्न सहज हुने छ । नेपालले अहिलेसम्म एक पटक मात्र टी–ट्वान्टी विश्वकपमा प्रतिष्पर्धा गरेको छ । २०१४ मा एक पटकमात्र विश्वकप खेलेको नेपालका लागि यस निर्णयले सवर्ण अवसर प्राप्त हुने छ ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया