ट्रेजर लाउन्ज सञ्चालक तथा कांग्रेस नेताद्वारा राहत

पोखरा २४ जेठ
ट्रेजर लाउन्ज एन्ड बारको सहयोग तथा पोखरा १३ नेपाली कांग्रेसका ४ युवा नेताहरुको पहलमा पोखरा साविक आर्बाविजय गाविस हाल महानगरपालिका नगरपालिका वडानं १३ का ११ वटा टोल विकास संस्था मा मास्क वितरण गरिएको छ ।
पोखरा १३ आर्बाका ११ वटै टोलमा प्रतिटोल ५ सय पिसका दरले मास्क वितरण गरिएको ट्रेजर लाउन्ज एन्ड बारका सञ्चालक एवं नेपाली कांग्रेस कास्कीका युवा नेता किरण बरालले जानकारी दिए । सो समूहमा तरुण दल कास्कीका जिल्ला सदस्य मधु श्रेष्ठ, नेपाली कांग्रेस पोखरा १३ का युवा नेता तथा व्यवसायी रवि बराल तथा काग्रेस पोखरा १३ का युवा राजकुमार बरालको सहभागिता थियो ।
‘कोरोना महामारीका बेला सबै जनतालाई सुरक्षित राख्न हाम्रो यो सानो सहयोगले ठूलो भूमिका खेल्नेमा हामी विश्वस्त छौं,’ बरालले भने । उनीहरुले ११ वटै टोलमा पुगी टोलका अध्यक्ष एवं प्रतिनिधिहरुलाई सो माक्स हस्तान्तरण गरेका हुन् ।
आर्वाका नवदुर्गा, गाईपानी उपल्लोगाउँ, छापाको चौतारा, अर्ध नागेश्वर, लक्ष्मी नारायण, मोहरपानी आदर्श, अमलाचौर चापडाँडा, कसेरी डुम्रिबोट, साझा, पाटनबेसी, तथा मूल टोल विकास समितिमा पुगी माक्स सहयोग गरिएको हो ।
यसअघि सो समूहले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोनाको उपचारमा खटियका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मिनिरल वाटर तथा जुस सहयोग गरेको थियो । यो महामारीको समयमा आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने पवित्र उद्देश्यले आफ्नो निजी खर्चमा यस प्रकारको सहयोग गरिएको तथा आउँदा दिनमा पनि सहयोग गर्दै जाने संयोजक किरण बरालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया