मुस्ताङमा निषेधाज्ञा कडाइ , उल्लंघन गरे २ घण्टा ‘होल्ड’

सुन्दरकुमार थकाली । जोमसोम
हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा चौथो चरणमा जारी गरिएको निेषेधाज्ञामा थप कडाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला सिसीएमसीको बैठकले कोरोना रोकथाम तथा प्रतिकार्य गर्नुपर्ने भन्दै निषेधआज्ञामा थप कडाई गर्न थालिएको हो ।
गत बैशाख ३१ गते देखि जारी गरिएको यसअघिको निषेधाज्ञा सामान्य स्तरको भएपछि स्थानीय स्तरमा जिल्ला सीसीएमसी कोरोना रोकथाम तथा नियन्त्रणमा जवाफदेही बन्न नसकेको भन्दै सामाजिक संञ्जालमा गुनासो बढेको थियो । स्थानीय स्तरबाट सीसीएमसीको ध्यानआर्कषण गराईपछि चौथो चरणको निषेधआज्ञामा आईतबार देखि प्रहरीले जोमसोममा थप कडाई गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नवीनकृष्ण भण्डारीले निषेधाज्ञाको समयमा अतिआवश्यक कामकाजबाहेक अनाआवश्यक सवारी चलाउने पसल खोल्ने र पैदलयात्रा गर्ने व्यक्तिलाई सीसीएमसीको निर्देशन बमोजिम आवश्यक कारबाही गर्न सुरु गरिएको जानकारी दिए ।उनका अनुसार निषेधआज्ञामा थप कडाई गर्न सदरमुकाम जोमसोमका ३ स्थानमा “होल्डिङ’ स्थान राखिएको छ । जोमसोमको पुथाङ एअरपोर्ट ,जिल्ला प्रशासन कार्यालय नजिकको शालिग्राम पार्क र जोमसोम बजारको कालिगण्डकी पक्की पुलमा “होल्डिङ’ स्थान राखिएको छ ।यसअघिको निषेधआज्ञामा सामान्य सुरक्षाकर्मी परिचालन गरिएकोमा आईतबारबाट जोमसोमका आधा दर्जन स्थानमा प्रहरी र ट्राफिक प्रहरी खटाईएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।
चौथो चरणको निषेधाज्ञा अवज्ञा गर्ने केही व्यवसायीलाई आईतबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएर साझ छोडेको थियो । जिल्ला ट्राफिक कार्यालयका ईञ्चार्ज बिष्णु नेपालीले निषेधआज्ञा अवज्ञा गर्ने व्यक्तिको निगरानीमा थप कडाई गरिएको बताए । आईतबार निषेधआज्ञा अवज्ञा गर्ने २१ जना मोटरसाईकल चालक तथा पैदलयात्रीलाई २ घण्टासम्म “होल्ड’स्थानमा राखिएको थियो भने सोमबार १५ जना व्यक्तिलाई “होल्ड’स्थानमा राखि सम्झाई बुझाई छाडिएको ट्राफिक ईञ्चार्ज नेपालीले जानकारी दिए ।
मुस्ताङमा निषेधाज्ञा जारी भएसंगै सर्वसाधारणलाई अतिआवश्यक कामकाजबाहेक घर बाहिर निस्कन तथा हिडडुल गर्न निषेध गरिएको छ भने जिल्लामा सबै प्रकारका सभा÷भेला÷सम्मेलन र धार्मिक,सांस्कृतिक र सामाजिक गतिविधिमा रोक लगाईएको छ । कोरोना कहरका बेला सार्वजनिक तथा निजी सवारी संञ्चालनमा रोक लगाईएको छ भने निर्माण कन्ट्रक्सनका सवारी तथा मजदुर , खाद्यान्न बोक्ने सवारी तथा स्वास्थ्य सेवाका सवारी ,प्रेषका सवारी ,बैंक तथा बित्तिय संस्थाका कर्मचारी र कृषि कर्ममा लागेका किसान लगायतलाई भने आउजाउमा रोक लगाईएको छैन ।
यस्तै ,खाद्य सामाग्री ,तरकारी,फलफुल संम्वन्धि पसल व्यवसायीलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरी बिहान ६ बजे देखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने निर्णय सीसीएमसीले गरेको छ ।
मुस्ताङमा ४ स्थानीय तहमा ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ८५ जना व्यक्ति निको भईसकेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।मुस्ताङमा समुदाय स्तरमा कोरोनाका फैलिएपछि हालसम्म संक्रमणका कारण १३ जनाको मृत्यु भईसकेको छ भने २४ जना व्यक्तिको जिल्लामा उपचार हुन नसकी पोखरा रिफर भएका छन् ।
कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङमा १ सय ७९ जनाको पीसीआर परीक्षण र १ हजार ४ सय ६९ जना व्यक्तिको एन्टिजेन परीक्षण भएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया