प्रधानमन्त्रीलाई मार्ने धम्की

काठमाडौँ । वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिएका छन् ।
शुक्रबार सांसद वैद्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका हुन् ।
काठमाडौं क्षेत्र नं। ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओली सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका छन् । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएका छन् ।
‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि,’ उनले थपे, ‘कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ? ‘
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने भयानक षडयन्त्र भएको बताएका छन् । उनको अभिव्यक्ति लगत्तै बाँस्कोटाले शुक्रबार ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ रु’








‘पोखरा २४ घन्टा खुला’ गर्न पर्यटन व्यवसायीलाई छैनन् तयार, भन्छन्– ३ सिफ्टमा कर्मचारी खटाउन सकिँदैन
मुम्बईमा आइसिसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर
सार्वजनिक सुनुवाइमा अन्नपूर्णका स्थानीयका गुनासै गुनासा
गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया