श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दीमा फाल्ने पक्राउ

रासस, गोरखा
गोरखामा श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनालगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताए । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।
कामीलाई अस्थायी प्रहरी पोष्ट विरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरूले छ महिनाअघि मात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया