अपांगलाई कोभिड खोपको व्यवस्था गर्न माग

समाधान संवाददाता, पोखरा
अपांगहरुले कोभिड १९ विरुद्धको खोपमा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।
उनीहरुले कोभिड १९को उपचारको सन्दर्भमा सूचना प्रणालीको व्यवस्थापन गरी अपांगहरुको अभिलेखीकरण गर्न समेत आग्रह गरेका छन् ।
स्वाबलम्बन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङले प्रकोप तथा महामारीको समयमा अपांगहरु बढी जोखिममा पर्ने भएकाले सबै उपचारका प्रक्रियामा प्राथमिकतामा राख्न तीनतहका सरकारसंग माग गरे ।
‘अपांगहरु सांगहरुको तुलनामा बढी जोखिममा छन्,’अध्यक्ष गुरुङले भने, ‘त्यसैले कोभिड १९ विरुद्ध दिइने खोपअभियानमा अपांगलाई उच्च प्राथमिकतामा राख्न माग गदैछौं ।’ उनले पीसीआर परीक्षणमा अपांगलाई विशेष प्राथमिकतामा राख्न समेत माग गरे ।
उनले नेपालभरिमा ५ सयभन्दा बढी संक्रमित भएकोमा ७ जनाको मृत्यु भएको अनौपचारिक रुपमा जानकारीमा आएपनि सरकारी स्तरबाट अपांगहरुको तथ्यांक नराखेको उल्लेख गरे ।
संस्थाको प्रेस विज्ञप्तिमा संक्रमित अपांगको संख्या लगायतका सूचनाको व्यवस्थित रुपमा अभिलेख राख्न नेपाल सरकार समक्ष माग गरिएको छ । संस्थामा महासचिव तथा राष्ट्रिय अपांग महासंघका संघीय सदस्य अन्जना केसीले सरकारले जोखिम क्षेत्रको पहिचान गरी अपांगलाई खोपको व्यवस्था गरे उनीहरुको परिवार, सहयोगी र समुदायलाई समेत सुरक्षित गर्न सकिने बताइन् ।
उनले अपांगलाई खोपमा उच्च प्राथमिकतामा राखेर स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिन् । उनले स्वास्थ्यकर्मीलाई अपांगताको प्रकृति थाहा नहुँदा उपचारमा कठिन भएको जानकारी दिइन् ।
अपांगहरुको सवाल गण्डकी प्रदेश सरकार तथा कास्कीका सबै पालिका लगायत सरोकारवालाहरुलाई अवगत गराएको उनले उल्लेख गरिन् । कार्यक्रममा अपांग सन्ध्या सुवेदी, अभिभावक नन्दा गुरुङले अपांगलाई खोपको आवश्यकता र प्राथमिकताको बारेमा बोलेका थिए ।









वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया