काभ्रेभीरमा पहिरोले पुरिदा मालवाहक ट्रक ध्वंस्त

सुन्दरकुमार थकाली \ जोमसोम
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीर सडकमा आईतबार दिउसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोमबाट सामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक दिउसो करिव १ बजेको समयमा सडक माथिबाट खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोमबाट मालसामान पु¥याएर म्याग्दीतर्फ फर्किदै गरेको मालवाहक ट्रक दिउँसो साँढे १२ बजेको समयमा हिलाम्मे सडकमा फसिएको थियो ।
हिलोमा फसेको ट्रक निकाल्न चालक र सहचालक उपकरणको खोजी गर्र्न जाँदा त्यसको १ घण्टापछि अचानक सडक माथिबाट खसेको पहिरोले ट्रकको पुरै भाग पुरिएर क्षतविक्षेत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको जनाईएको छ ।
यस्तै ,अविरल वर्षाका कारण आएको पहिरोले केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्सेमा झरनामा २ दिनसम्म एक स्कर्भियो जीप फसेको थियो । तर ,२ दिनसम्म पहिरोले खसेको उक्त सवारी तेश्रोदिनमा पहिराले कालिगण्डकीमा बगाएको थियो ।
मुस्ताङमा गत आईतबार देखि परेको अविरल वर्षाले काभ्रेभीर सडकमा १५ मिटर सडक भासिएको थियो । मौसममा केही सुधार आएकाले अहिले सडक सफा गर्ने कार्य भईरहेको बताईएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया