२५ युनिट रगत संकलन

समाधान संवाददाता २०७८ असार ७ गते १०:०५

पोखरा, ६ असार (समाधान)

Advertisement

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आइतबार रक्तदान आयोजना गरेको छ ।

अखिल (क्रान्तिकारी) कास्कीले आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनमा आयोजना गरेको रक्तदानमा २५ युनिट रगत संकलन भएको छ ।

Advertisement

बढ्दो महामारीबीच आवश्यक रगत आपूर्तिमा कमी हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सुरु गरिएको अखिल क्रान्तिकारी कास्की अध्यक्ष पुरन पुनले बताए ।

जनस्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम भएको थियो । क्रान्तिकारी कास्की अध्यक्ष पुरण पुन, नेकपा केन्द्रीय सदस्य पूर्णजित पुन, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली ‘बिश्वास’ र जनपत्रकार संगठन नेपालका सदस्य रमाकान्त बास्तोला लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया