
सञ्जय रानाभाट
पोखरा ।
२५० जना राष्ट्रिय खेलाडीले कोरोना खोप लगाएका छन् । नेपाल खेलकुद महासंघको सहयोगमा चीनबाट ल्याइएको भेरोसिल खोप लगाइएको सम्पन्न श्रेष्ठले बताए ।
खेलकुद महासंघले नेपाली खेलाडीका लागि ५ हजार डोज खोप माग गरेकोमा पहिलो चरणमा २५० डोज उपलब्ध भएको महासंघका उपाध्यक्ष एवं खोप कार्यक्रम संयोजक सुभाष श्रेष्ठले बताए ।
खोप लगाउनेमा जापानमा हुन गैरहेको ओलम्पिक प्रतियोगितमा सहभागी हुनेहरुलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसै गरी बन्द प्रशिक्षणमा रहेको भलिबलको राष्ट्रिय टिमका खेलाडीलाई पनि पहिलो प्राथमिकता दिएर खोप लगाइएको बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अरुणा शाही, प्रतिक्षा माली, बिराज श्रेष्ठ लगायत २५० जनाले पहिलो डोज खोप लगाएका हुन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया