स्वीजरल्याण्डकाे नाटकिय खेल, एम्बाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स पराजित

एजेन्सी ।
नाटकीय खेलमा विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै स्वीट्जरल्यान्ड युरोकप २०२० को क्वाटरफाइनल पुगेको छ।
टाइब्रेकरमा फ्रान्सका तर्फबाट पाचौँ प्रहार गरेका केलियन एमबाप्पे चुकेका थिए। निर्धारित तथा अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। जारी प्रतियोगितामा यो पहिलो टाइब्रेकर थियो।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
निर्धारित समयमा फ्रान्सका करिम बेन्जेमाले दुई र पल पोग्बाले एक गोल गरे। स्वीट्जरल्यान्डले २ गोलको अग्रता लिने मौका खेर पाएको चार मिनेटमै फ्रान्स २–१ गोलले अगाडि बढेको थियो।
स्वीट्जरल्यान्डका दुवै गोल ह्यारिस सेफेरोभिचले गरेका थिए। उनले १५ औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
५५ औँ मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टी प्रहारको मौका पाएपनि सदुपयोग गर्न सकेन। रिकार्डो रोड्रिगुएजको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले विफल बनाए।
त्यसपछि बेन्जेमाले ५७ र ५९ औँ मिनेटमा शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पोग्बाले ७५ औँ मिनेटमा करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो।
सेफेरोभिचले ८१ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउने सम्भावना कायमै राखेका थिए। मारियो गाभ्रानोबीचले ९० औँ मिनेटमा गोल गर्दै स्विस टोलीलाई ३–३ गोलको बराबरीमा फर्काएका थिए। यसअघि युरो कपको साविक विजेता पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया