मेसीकाे २ गाेलसहित अर्जेन्टिना समुह विजेता

एजेन्सी ।
अर्जेन्टिनी कप्तान लियोनेल मेसीको दुई गोलसहित अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४–१ गोलको नतिजामा पराजित गरेको छ ।
याे जितसँगै अर्जेन्टिना समुह बिजेताकाे रुपमा क्वाटर फाइनलमा प्रवेश गरेकाे छ ।
एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।
पहिलो हाफमा ३–० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे ।
यस्तै मंगलबार बिहान नै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलप्रेरित उरुग्वेले पाराग्वेलाई १–० को नतिजामा पराजित गरेको छ ।
कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल निर्णायक बन्यो ।
जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।
तपाईको प्रतिक्रिया