कोरोना सङ्क्रमणबाटबाट वडा सदस्यको मृत्यु
समाधान संवाददाता
२०७८ असार २४ गते १२:५५

दल्लु, रासस ।
कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण भएपछि उहाँको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताउनुभयो । यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो ।
जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ ।
जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया