विप्लवका वैकल्पिक केन्द्रीय सदस्य बास्तोला पक्राउ

बमले उडाइदिने धम्की दिँदै रकम असुलमा सक्रिय रहेको अभियोगमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश बास्तोला पक्राउ परेका छन् ।
सरकारसँग वार्ता र सहमति गरी नेकपा खुला राजनीतिमा आएको हो । विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै ठूलै रकम माग गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त डिएसपी सुभाष हमालले समाधानलाई बताए ।
कास्कीको रुपा गाउपालिका ३ टाकाम्जा घर भएका २६ वर्षीय बास्तोला शनिबार साँझ पोखरा रंगशाला गेट अगाडिबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
प्रहरी प्रवक्ता हमालका अनुसार उनी धम्क्याएर रकम असुलीका पटके अभियुक्त हुन् । अहिले पनि ४–५ जनाले प्रमाणसहित उजुरी दिएकाले पक्राउ गरेको हमालले बताए । उनी एक्लै छन् कि गिरोह नै सक्रिय छ भन्ने खोजिने उल्लेख गर्दै हमालले आइतबार म्याद थपेर अनुसन्धान गरिने जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया