चीनबाट भोलि १० लाख डोज खोप नेपाल आइपुग्ने

समाधान संवाददाता, काठमाडौं
सरकारले चीनसँग किनेको खोप लिन नेपाल वायुसेवा निगमको जहाज बुधबार बेइजिङ जाने भएको छ । कोभिड–१९ विरुद्ध न्यूनतम १० लाख डोज साइनोफार्म खोप उक्त जहाजले ल्याउने छ । ७ गते बिहान ६ बजे उक्त जहाज काठमाडौं आइपुग्ने उडान तालिका छ ।
जहाज बिहीबार राति नै पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जानेछ । शुक्रबार बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने छ । थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।
हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो ।









पोखरा महोत्सव सुरु
कांग्रेस विशेष महाधिवेशन : राष्ट्रपति १ पटक, प्रधानमन्त्री २ पटक
सम्पादकीय—आश्वासनमै बन्धक प्रवासीको मताधिकार
पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया