फेवा नहर व्यवस्थापन गर्न माग

समाधान संवाददाता
पोखरा– गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् । पोखरा १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवा नहरका कारण हरेक वर्ष जसो मान्छेसमेत बगाउने त केहीको मृत्युसमेत भएकाले फेवा नहर व्यवस्थापन गर्न माग गरेका हुन् ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावर हाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नति गर्न माग गरे । पावर हाउसमा करिब ५ सय रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी हाल १ सय ५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले जनाए । संस्थाका उपाध्यक्ष कमलप्रसाद बरालले द्वन्द्वकालमा हत्केलामा ज्यान राखेर जनयुद्धमा होमिएको योद्धा आज मन्त्री भएर आफूहरुले सममान गर्न पाउन निकै खुसी व्यक्त गरे ।
उनले जनातको भावना अनुसार काम गर्न मन्त्री बराललाई आग्रह गरे । जनजागरण आमा समूहका अध्यक्ष नन्दकुमारी गुरुङ, पोखरा १७ का वडा सदस्य राधिका शाही, सचिव शिव बराल लगायतले मन्त्री बराललाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरे । पोखरा १७ धेरै क्षेत्रका मानिसको बसोबास भएको मिश्रित बस्ती भएकाले सम्भावनायुक्त पोखरा १७ लाई अपेक्षा गरे अनुरुप आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले जनाए । आगामी दिनमा रचनात्मक सल्लाह सुझावको अपेक्षा गरिएको उनले जनाए । राज्य पक्षबाट एक पैसा नहँुदा पनि सामुदायिक भवन बनाएकोमा मन्त्री बरालले धन्यवाद दिँदै आगामी दिनमा संस्थाको बृहत विकासमा थप सहयोग गर्ने जनाए ।








कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
पोखरा महोत्सव सुरु
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया