मणिपालले ल्यायो हेल्थ प्याकेज

समाधान संवाददाता २०७८ साउन १८ गते १३:०१

समाधान संवाददाता
पोखरा
– विशेष छुट र द्रुतमार्ग(फास्टट्रयाक) विधिबाट सेवाग्राहीलाई स्वास्थ्य सुविधा दिन मणिपाल शिक्षण अस्पतालले आइतबार स्वास्थ्य जाँच कक्ष स्थापना गरेको छ ।
नियमति स्वास्थ्य नाँच, रोग पत्ता लगाएर निदानका लागि त्यो कक्षबाट स्वास्थ्य जाँच सुविधा सुरुवात गरेको अस्पतालका डिन तथा प्रमुख कार्यकारी अधिकृत दिलीपचन्द्र अग्रवालले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले कक्ष उद्घाटन गरे । डा अग्रवालले २ हजार ५ सयमा आधारभूत स्वास्थ्य र ४ हजार परीक्षण शुल्क लिएर सम्पूर्ण शरीरिक जाँच (होलबढी चेक) र विशेष रोगसम्बन्धी जाँच गरिने बताए ।


उनले अहिलेसम्म उपचारमा आउने सेवाग्राही बहिरंग, ल्याब, एक्सरे गर्न धेरै ठाँउमा धाउनु पर्ने र रिपोर्ट पाउन कुर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । डा अग्रवालले सेवाग्राहीको समय बचतका लागि सबै प्रक्रिया द्रुतमार्ग विधिबाट स्वास्थ्य जाँच गरिने बताए । उनले स्वास्थ्य जाँच कक्षबाट सर्वसाधारणले सहज र सर्वसुलभ मुल्यमा सेवा पाउने दाबी गरे ।


‘सवै स्वास्थ्य परीक्षणमा २० प्रतिशतसहित विशेष छुटको व्यवस्था गरिएको छ,’ डा अग्रवालले भने, ‘सेवाग्राहीले छनोट गरेकाप्याकेज अनुसारको प्रयोगशाला र इमेजिङ जाँच र विशिष्ट चिकित्सकबाट परामर्श पाउने छन् ।’ डा अग्रवालले नियमित स्वास्थ्य जाँच अभावमा वर्तमान अवस्थामा युवा जनशक्ति धेरै रोगको संक्रमणको जोखिममा रहेको र मृत्युदर बढेको उल्लेख गरे ।


अस्पतालका निर्देशक डा कृष्ण वाहेगावकरले निममित स्वास्थ्य जाँचवर्तमान जटिल परिस्थितिको प्रभावकारी समाधानको उपाय भएको बताए । उनले स्वास्थ्य जाँचबाट क्यान्सर पत्ता लगाउन सहयोग पुग्ने उल्लेख गरे । स्वास्थ्य जाँचबाट धेरै क्यान्सरको प्रारम्भिक चरणमै पत्ता लगाउनका लागिट्यूमर मार्कर जाँच सुविधा उपलब्ध हुने जानकारी दिँदै उनले जाँच कक्षमा महिलाको स्तन क्यान्सर सामान्य भएकाले मेमोग्राफी सुविधा पनि थपिएको बताए ।

Advertisement


मन्त्रालयका सचिव डा शर्माले कोभिड १९का संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मणिपाल अस्पताल प्रदेश सरकारको संकटको साथी भएको बताए । ‘संकटका बेलामा साथी चिन्ने भन्ने नेपाली प्रचलन छ,’डा शर्माले भने, ‘कोभिड १८का बिरामीलाई सास फेर्न गाह्रोपरेको बेलामा अक्सिजन, भेन्टिलेटर सहयोग गरेर भरपर्दो साथी बनेको छ ।’ डा शर्माले कतिपय सरकारी अस्पताल केन्द्रीय तथा जिल्लाका प्रदेशको मातहतको भन्ने र निजीले राज्यको अनुदान नपाएको भनिरहेको बेलामा मणिपालले पहिले बिरामीको स्वास्थ्य उपचार सेवा दिएको उल्लेख गरे ।


नियमित स्वास्थ्य जाँचलेव्यक्तिलाई आफु स्वास्थ्य छु भनेर आत्म विश्वास बढ्ने चर्चा गर्दै उनले मणिपालको सेवाका बारेमाप्रदेशका १२ सरकारी अस्पताललाई जुममार्फत जोड्ने बताए । उनले अस्पतालको स्वास्थ्य जाँच कक्षले सुषुप्त अवस्थामा मार्न सक्ने रोग पत्ता लगाउन सहयोग पुग्ने उल्लेख गरे ।


अस्पतालका जनसम्पर्क तथा प्रशासन प्रमुख भानु भारद्वाजले अस्पतालले सुरुवात गरेको नयाँ सेवा लिन सवैमा आग्रह गरे । उनले अस्पताल प्रशासनले प्रदेश सरकारको कोभिड १९रोकथाम तथा नियन्त्रणको कार्य योजनामा समन्वय र सहकार्य गर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया