५० औं थाक खेलकुद स्थगित

सुन्दरकुमार थकाली \ जोमसोम
हिमाली जिल्ला मुस्ताङको तल्लोक्षेत्रमा बर्सेनि असोज महिनामा आलोपालो आयोजना हुने थाक खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम कोरोना कहरका कारण लगातार दोश्रो बर्षपनि स्थगित भएको छ । गतवर्ष थासाङको ताक्लुङमा आयोजना हुनुपर्ने ५० औं थाक खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम कोरोनाकै कारण एक वर्षपछि सरेको थियो ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघले बिद्यमान अवस्थामा कोरोना जोखिम कायमै रहेको उल्लेख गर्दै यथाअवस्थामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संञ्चालन गर्न नसकिएको बताएको छ । संस्थाका सचिव दीपक लालचनका अनुसार कोरोना कहरका कारण संघले गर्ने संम्पूर्ण कार्यक्रम स्थगित भएको र कोरोना जोखिम कम भएको अवस्थामा अनुकुल समय तालिका मिलाएर थाक खेलकुद तथा सांस्कृतिक विकास कार्यक्रम संञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
मुस्ताङको तल्लोक्षेत्रमा आवद्ध युवाक्लवका युवापंक्तिको खेलकुद क्षेत्रमा क्षमता विकास तथा मुस्ताङको धार्मिक,सामाजिक र सांस्कृतिक समुउत्थान जर्गेना गर्ने उद्देश्यले थाक खेलकुद तथा सांस्कृतिक विकास संघले बर्सेनि आलोपालो अन्तर क्लवद्धारा कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका सचिव लालचनले उल्लेख गरे ।लामो ईतिहास रहेको थाक खेलकुद तथा सांस्कृतिक विकास संघले गत बर्षनै ५० औं स्वर्ण जयन्ती मनाउने तालिका रहेपनि कोरोना कहरले संम्पूर्ण कार्यक्रम प्रभावित हुदै आएको उनले बताए ।
यस्तै,थाक खेलकुद तथा सांस्कृतिक विकास संघको अधिवेशन ५० औं थाक खेलकुद कार्यक्रमपछि हुने भएको छ ।कोरोना कहरका कारण संस्थाको अधिवेशन गर्न अप्ठ्यारो परेको उल्लेख गर्दै ८ वटै क्लवको सहमतीमा अधिवेशन सार्ने निर्णय गरिएको छ । संस्थाका पदाधिकारीहरुको यही मंसिरमा पदावधि सकिदै छ ।
थाक खेलकुद तथा सांस्कृतिक विकास संघमा तल्लो मुस्ताङका विभिन्न ८ वटा युवाक्लव समावेश छन् ।थाक खेलकुल तथा सांस्कृतिक विकास संघले आयोजना गर्ने कार्यक्रममा महिला÷पुरुष भलिबल,आर्चरी,मिस मुस्ताङ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुन्थ्यो।








पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया