प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त
समाधान संवाददाता
२०७८ भदौ ११ गते १८:२६

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया