डिस्चार्ज भए मेयर जिसी, पर्सी पाेखरा आउने

पाेखरा ।
पाेखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा कार्निओप्लाष्टीको शल्यक्रिया गर्न भर्ना भएका जिसीकाे आज अस्पतालबाट डिस्चार्ज भएकाे हाे ।
शल्यक्रिया सफल भएको छ र टाउकोको टाँका पनि खोलिएको मेयरका प्रेस संयाेजक माधव बरालले जानकारी दिए । जिसी मष्तिस्कघातका कारण साउन १ देखि काठमाण्डाैंमा उपचाररत थिए ।
कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो । मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गरिन्छ । भित्री घाउ ठिक भएपछि सो हड्डी प्रत्यारोपण गर्ने गरिन्छ । फिजियोथेरापी बाहेक अन्य सबै उपचार पूरा भएको छ ।
अब फिजियाेथेरापी बाहेकका सबै उपचार प्रक्रिय पुरा भएकाले जिसी पाेखरा आउने तयारीमा छन् । पारिवारिक श्राेतले दिएकाे जानकारी अनुसार पर्सी अर्थात घटस्थापनाका दिन जिसीलाई पाेखरा ल्याइदै छ । चिकित्सकहरुले शारिरिक तन्दुरुस्तीबाहेक वहाँकाे स्वास्थ्य अवस्था सामान्य भैसकेकाे बताएका छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया