डिस्चार्ज भए मेयर जिसी, पर्सी पाेखरा आउने

समाधान संवाददाता २०७८ असोज १९ गते १३:५०
अस्पतालबाट डिस्चार्ज हुनु अघि खिचिएकाे मेयर मानबहादुर जिसीकाे तस्विर

पाेखरा ।

पाेखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा कार्निओप्लाष्टीको शल्यक्रिया गर्न भर्ना भएका जिसीकाे आज अस्पतालबाट डिस्चार्ज भएकाे हाे ।

शल्यक्रिया सफल भएको छ र टाउकोको टाँका पनि खोलिएको मेयरका प्रेस संयाेजक माधव बरालले जानकारी दिए । जिसी मष्तिस्कघातका कारण साउन १ देखि काठमाण्डाैंमा उपचाररत थिए ।

Advertisement

कार्निओप्लाष्टी सर्जरी भनेको टाउकोको माथिल्लो भागको हड्डी प्रत्यारोपण गर्ने हो । मतिष्तस्कघातका कारण टाउकोको भित्री भाग सुन्निएपछि सो हड्डी बाहिर निकालेर उपचार गरिन्छ । भित्री घाउ ठिक भएपछि सो हड्डी प्रत्यारोपण गर्ने गरिन्छ । फिजियोथेरापी बाहेक अन्य सबै उपचार पूरा भएको छ ।

अब फिजियाेथेरापी बाहेकका सबै उपचार प्रक्रिय पुरा भएकाले जिसी पाेखरा आउने तयारीमा छन् । पारिवारिक श्राेतले दिएकाे जानकारी अनुसार पर्सी अर्थात घटस्थापनाका दिन जिसीलाई पाेखरा ल्याइदै छ । चिकित्सकहरुले शारिरिक तन्दुरुस्तीबाहेक वहाँकाे स्वास्थ्य अवस्था सामान्य भैसकेकाे बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया