सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय

समाधान संवाददाता २०७८ असोज १९ गते १६:५१

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो । प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् 

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया