पाेखरामा जीपको गाडीको चाडपर्व अफर

समाधान संवाददाता २०७८ असोज १९ गते १९:१२

पोखराको उत्तम चोकमा रहेकाे जीप गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक प्रीमियम अटो गुपले दसैं, तिहार तथा छठ अफर’ अफर ल्याएको छ ।


यो अफर अनुसार ग्राहकहरूले ६.९९ प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न सक्ने संचालक सन्तोष बास्तोलाले बताए । कम्पनीले ८४ लाख ९० हजार बाट १ करोड ३६ लाख ९० हजार सम्मका जीप कम्पनीका गाडीहरु रहेको सञ्चालक दर्शन लामाले बताए । यसै कम्पनी अन्र्तगत चिरोकी, जीप रुबिकन ग्रान्डका मोडलका गाडीहरु पाइने लामाले बताए ।


यो योजनाअन्तर्गत ग्राहकले हरेक जीप गाडी अफरहरु साथै एक वर्षको निःशुल्क बीमा, ५ देखि ७ बर्षसम्मको फाइनान्सिङ, ५ वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि दिने अर्का सञ्चालक शिवनाथ सिग्देलले जनाकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया