६६ औं प्रहरीको दिवसमा निर्माण ब्यवसायी संघ मुस्ताङका अध्यक्ष थकाली सम्मानित

समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा योगदान गरे वापत प्रहरी प्रधान कार्यालय काठमान्डौंले संघका अध्यक्ष थकालीलाई सम्मान

सुन्दरकुमार थकाली २०७८ असोज २० गते १५:०४

जोमसोम—नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा निर्माण व्यवसायी संघ मुस्ताङका अध्यक्ष जयन्द्रलाल थकाली बुधबार सम्मानित भएका छन् । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा योगदान गरे वापत प्रहरी प्रधान कार्यालय काठमान्डौंले संघका अध्यक्ष थकालीलाई सम्मान गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको हस्ताक्षर रहेको सम्मानपत्रसहित दोसल्ला ओढाएर मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले सम्मान गरे ।यस्तै ,जिल्ला प्रहरी कार्यालय मुस्ताङको भौतिक पूर्वाधार निर्माणमा योगदान दिएवापत मुस्ताङका अर्को निर्माण व्यवसायी सन्त नेपालीलाई प्रहरीले सम्मान गरेको छ । प्रहरी दिवसकै अवसरमा अवकाश प्राप्त प्रहरी समेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रहरी दिवसको अवसरमा कर्तव्य पालनाको शिलशिलामा विभिन्न घटनामा परी वीरगति प्राप्त अमर शहिदको सम्झनामा श्रद्धान्जली सभा कार्यक्रमको आयोजना गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले आन्तरिक प्रहरीबीच संञ्चालन गरिएको भलिबल खेलका बिजेता समुहलाई समेत पुरस्कृत गरेको जनाएको छ ।


प्रहरी दिवसको अवसरमा कार्यालय परिसरमा रहेको सहित स्मारकमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पुष्पमाला अर्पण गरेर दिवसको सुभारम्भ गरेका थिए ।कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रषित गरेको सुभकामना सन्देश प्रहरी नायव उपरिक्षक रामकुमारी दानीले बाचन गरेका थिए ।

Advertisement


प्रहरी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले समाज र राष्ट्रको शान्ति सुरक्षा कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी प्रहरी पनि गृह मन्त्रालय अन्तर्गत रहेको र प्रहरी र प्रशासनको समन्वयले मात्र समाजको अपराध उन्मुलन र भयरहित समाज निर्माण हुने जनाए ।

मुस्ताङमा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न रचनात्मक कार्य गरेको प्रजिअ पौडेलको भनाई छ । कार्यक्रममा प्रहरी नायव उपरिक्षक रामकुमार दानीले प्रहरीको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया