आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

समाधान संवाददाता २०७८ असोज २१ गते १०:१२

काठमाडौं । नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी ९पार्वती० भएकीले शैल पुत्री भनिएको हो ।

दुर्गा भवानीका नौ स्वरुपमध्ये शैलपुत्री पनि एक हो । दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ ।

मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन् । शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनु पर्ने उल्लेख छ । साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया