समाधानकर्मी कुवँर र भागवत भाष्कर गौतमलाई सृजना सम्मान

पोखरास्थित सृजना विकास केन्द्रले पत्रकार श्यामनाथ कुँवर र भागवत भाष्कर कमल नयन गौतमलाई सम्मान गर्ने भएको छ ।
सामाजिक क्षेत्रमा कलम चलाउने पत्रकार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई केन्द्रले सम्मान गर्ने उद्देश्य अनुसार कुँवर र गौतमलाई सम्मान गर्न लागिएको संस्थाका अध्यक्ष ईन्द्र पौडेलले जानकारी दिए ।
संस्थाका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापा संयोजक रहेको प्रतिभा छनोट समितिले कुँवर र गौतमलाई पुरस्कृत गर्न सिफारिस गरेको र संस्थाको बोर्ड बैठकले सो सिफारिसलाई अनुमोदन गरेको हो । दुवै पुरस्कारका राशि २५ हजार ५५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । संस्थाको यहि २५ गते हुने ४४ औं वार्षिकोत्सव तथा ४१ औं साधारणसभाका अवसरमा पत्रकार कुँवर र भागवत भाष्कर गौतमलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताए ।
पत्रकार कुँवर विगत तीन दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् भने भागवत भाष्कार गौतम साढे दुई दशकदेखि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । कुँवर पोखरास्थित समाधान दैनिकमा कार्यरत छन् भने गौतम राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष हुन् । प्रतिभा छनोट समितिमा संस्थाका द्धित्तीय उपाध्यक्ष कमला गिरी, सदस्य अशोक श्रेष्ठ, नागरिक समाज कास्की, नेपाल पत्रकार महासंघ कास्की सदस्य र संस्थाका अध्यक्ष र महासचिव पदेन सदस्य रहेका थिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया