एमाले नेता सीता गिरीलाई पितृशोक

समाधान संवाददाता २०७८ असोज २२ गते १२:४०


पोखरा
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य सीता गिरीलाई पितृशोक परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ रिभान निवासी कम्युनिस्ट आन्दोलनका अगुवा तथा सेल्टरदाता हरिलाल गिरीको ९१ वर्षको उमेरमा १९ असोजमा निधन भएको हो ।

नेकपा (एमाले)का नेता सीता गिरी, गोपाल गिरी, डिल्लीराम गिरी, राम गिरी, मिठू गिरीका बुवा हरिलाल कम्युनिस्ट आन्दोलनका अगुवा तथा भूमिगतकालमा पार्टीका सेल्टरदाता थिए ।

Advertisement

तपाईको प्रतिक्रिया