‘समाजवादी व्यवस्था ल्याउन सहकारीको भूमिका’

समाधान संवाददाता २०७८ असोज २४ गते ९:२२

पोखरा ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडादशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।


कार्यक्रममा नव आगन्तुक सेयर सदस्यलाई सेयर प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्नुपर्ने बताइन् । ‘सहकारीले पुँजी निर्माणसँगै उत्पादनमा जोड दिएर सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्नु पर्छ,’मन्त्री अधिकारीले भनिन्, ‘तीन खम्बे अर्थतन्त्र अन्तर्गत आर्थिक समृद्धिमा सहकारीको योगदान छ ।’ उनले कास्कीलाई १८ वर्ष माथिका सबैलाई कोभिड १९ बिरुद्धको खोप लगाइने जानकारी दिइन् ।


कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्री कोइराला, सहकारीका अध्यक्ष शुक्रराज कँडेल, संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सल्लाहकार राधिका शाही योगी, रिलाइन्स फाइनान्सका प्रबन्धक प्रकाश पौडेल, सहकारीका उपाध्यक्ष सुवास ढुंगाना, सचिव लोकेन्द्रकुमार राई, नवीनकिरण भुषाल लगायतले बोलेका थिए ।

Advertisement


सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य उपकरण, महानगर विपद व्यवस्थापन कोषमा २५ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । सहकारीका सबै सेयर सदस्यलाई निशुल्क कोरोना बिमा गर्नुका साथै विभिन्न सार्वजनिक ठाउँमा निःशुल्क मास्क वितरणलगायतका काम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया