शैक्षिक पर्यटनको गन्तव्य बनाउँछौंः शिक्षामन्त्री श्रेष्ठ

समाधान संवाददाता २०७८ असोज २४ गते १२:२८

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई शैक्षिक हब बनाइने बताएका छन् । प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शैक्षिक पर्यटनलाई बढावा दिइने बताए ।

प्रदेशसँग आवश्यक स्रोत साधन पर्याप्त नभएको भन्दै संघ सरकारले स्रोत व्यवस्थापन गरिदिन उनले आग्रह गरे । ‘गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न सफल भएका छौं । शिक्षा, प्रविधिको क्षेत्रमा हामीले धेरै सपना पूरा गर्नुछ, यतिले मात्र सन्तुष्ट हुन सकिँदैन,’ उनले भने, ‘साक्षर घोषणा भइसकेपछि हाम्रो ध्यान निरन्तर सिकाइमा केन्द्रीत रहनेछ । शैक्षिक हब बनाएर शैक्षिक पर्यटनका लागि पनि हाम्रो प्रयास जारी छन् ।’

प्रदेशलाई समुन्नत तथा आत्मनिर्भर प्रदेश बनाउन शिक्षा, विज्ञान, प्रविधि, रोजगारलाई एकसाथ अघि बढाइएको उनको दाबी छ । सरकारले शिक्षालाई मुख्य ध्यान दिँदै । गण्डकी शिक्षा नीति २०७८ जारी गरिसकेको र आवश्यक जनशक्ति उत्पादनका लागि गण्डकी विश्वविद्यालय सञ्चालनमा ल्याएको पनि बताए ।

Advertisement

तपाईको प्रतिक्रिया