शैक्षिक पर्यटनको गन्तव्य बनाउँछौंः शिक्षामन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशलाई शैक्षिक हब बनाइने बताएका छन् । प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शैक्षिक पर्यटनलाई बढावा दिइने बताए ।
प्रदेशसँग आवश्यक स्रोत साधन पर्याप्त नभएको भन्दै संघ सरकारले स्रोत व्यवस्थापन गरिदिन उनले आग्रह गरे । ‘गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न सफल भएका छौं । शिक्षा, प्रविधिको क्षेत्रमा हामीले धेरै सपना पूरा गर्नुछ, यतिले मात्र सन्तुष्ट हुन सकिँदैन,’ उनले भने, ‘साक्षर घोषणा भइसकेपछि हाम्रो ध्यान निरन्तर सिकाइमा केन्द्रीत रहनेछ । शैक्षिक हब बनाएर शैक्षिक पर्यटनका लागि पनि हाम्रो प्रयास जारी छन् ।’
प्रदेशलाई समुन्नत तथा आत्मनिर्भर प्रदेश बनाउन शिक्षा, विज्ञान, प्रविधि, रोजगारलाई एकसाथ अघि बढाइएको उनको दाबी छ । सरकारले शिक्षालाई मुख्य ध्यान दिँदै । गण्डकी शिक्षा नीति २०७८ जारी गरिसकेको र आवश्यक जनशक्ति उत्पादनका लागि गण्डकी विश्वविद्यालय सञ्चालनमा ल्याएको पनि बताए ।






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया