गण्डकी साक्षर प्रदेश घोषणा

समाधान संवाददाता २०७८ असोज २४ गते १३:३१

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प नभएकाले प्रजातन्त्रबाहेकको सपना नदेख्न बताएका छन् । पोखरामा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको दोहो¥याए । ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ । कसैले अरु कुनै सपना नदेखे हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले देशमा संघीयताको पूर्ण कार्यान्वयन गर्नेदेखि विकासका कामलाई अघि बढाउने लगायत थुप्रै काम बाँकी भएको बताए । देशमा रहेका निरअक्षरहरुको तथ्यांक निकाली कार्यक्रम बनाइने देउवाले बताए ।

गण्डकी प्रदेश साक्षर घोषणा भएपछि अरु प्रदेशका सरकारलाई पनि साक्षर घोषणा गर्न प्रेरणा मिल्ने बताए । शिक्षा नागरिकको मौलिक हक भएको भन्दै नागरिकलाई हक दिने काम सरकारको दायित्व भएको उनले स्मरण गरे ।

Advertisement

‘शैक्षिक व्यवस्थामा समायानुकुल सुधार गर्ने, शिक्षालाई अनिवार्य निशुल्क गर्दै लैजाने नीति पनि लिएर आएको छ । नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रुपमा राखिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरुमा सार्वजनिक प्रतिवद्धता जायर गरिएको छ,’ शिक्षामा गरिएका काम सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया