पोखरामा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबारे चर्चा

समाधान संवाददाता २०७८ असोज २४ गते १८:०९

पोखरा ।

नेपाल संवत प्रर्वतक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःका बारेमा पोखरामा चर्चा गरिएको छ । पोखराको नारायणस्थानमा शनिबार विरेन्द स्मृति पार्क संरक्षण समितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीबारे चर्चा गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शंखधर साख्वाः प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्दन श्रेष्ठले साख्वाःको पहिचान, योगदान र चिनारी प्रतिष्ठानले आम नेपालीहरुमाझ पु¥याउँदै आएको बताए । उनको योगदानबारे जानकारी नेवारी समुदायमा मात्र सिमित राख्न नहुँने बताउँदै अध्यक्ष श्रेष्ठले राष्ट्रले दिएको सम्मानलाई सबै समुदायले अपनत्व लिन सक्नुपर्ने बताए । नेपाल सम्बत्लाई मौलिक सम्बत्का रुपमा विकाश गरिनुपर्नेमा उनको जोड थियो ।

Advertisement


सो अवसरमा आफ्नो भनाई राख्दै पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र प्रजुले साख्वाःबारे लुकेर रहेका योगदानहरु सबै नेपालीलाई बुझाउनुपर्ने आवस्यकता औँल्याए ।


शंखधर साख्वाः प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले शंखधरबारे रहेका भ्रमहरु चिर्दै यथार्थ ईतिहास उजागरका लागि प्रतिष्ठानले काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानकै पहलका कारण नेपाल सम्बत्लाई राज्यले मान्यता दिएको बताउँदै मानन्धरले नेपाल सम्बतको गरिमा बारे राज्य आफैले सोच्नुपर्ने धारणा राखे । नेपाल सम्बत ११ सय २० अर्थात २०५६ साल मंसिर २ गते नेपाल राष्ट्रिय विभूति घोषणा गर्दै नेपाल सम्बत्लाई सरकारले राष्ट्रिय सम्बतको मान्यता दिएको स्मरण गर्दै उनले हाल यसको तिथिमितिबारे स्पष्ट पार्न सफ्टवयरको समेत परिक्षण भैरहेको जानकारी दिए ।

Advertisement


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेवार बाहेकका अरु जातजातीलाई पनि शंखधरका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । शंखधर भनेका नेवारहरुका मात्र विभूति हुन् भन्ने भ्रम समाजमा अझै रहेको बताउँदै मुल्मीले साख्वाःलाई भक्तपुरको ठिमिमा मात्र सिमित गर्न नहुँने बताए । फरक प्रसंगमा मुल्मीले राजनीतिक रुपमा नेवारहरुको प्रतिनिधित्वमा ह«ास आउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।


कार्यक्रममा भनाई राख्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदासले विद्वानहरुले लेखेका ईतिहासमा पनि शंखधरका बारेमा एकरुपता नभएको औँल्याए । साख्वाःबारे मत मतान्तर धेरै देखिएकाले भएका अभिलेखलाई एकतृत गरी भ्रम निवारण्मा प्रतिष्ठानले पहल गर्नुपर्ने सुझाव दिए ।


विरेन्द्र स्मृति पार्क संरक्षण समितिका अध्यक्ष बसन्तलाल कतिलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मधुमान कतिलाले गरेका थिए ।


को हुन् शंखधर साख्वाः ?


साख्वा र उनको योगदानबारे इतिहासकारबीच एकै प्रकारको मत भेटिँदैन । केहीका लागि उनी अझै विवादका पात्रसमेत हुन् । तर एउटा तथ्य के निश्चित छ भने उनले नै नेपाल संवत् सुरु गरे र यो अहिलेसम्म पनि कायम छ । अझै पनि यसको महत्त्व घटेको छैन, बरू बढेको छ ।
उनलाई ऐतिहासिक पात्र मान्नेको संख्या धेरै छ । अहिले त उनलाई नेपालको राष्ट्रिय विभूति नै मानिन्छ । उनले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेका थिए भन्ने किम्बदन्ती पाईन्छ । र त्यसैको सम्झनामा नेपाल संवत् सुरु भएको मानिन्छ ।


उनीबारे अर्को कथा पनि छ । त्यसअनुसार शंखधर साख्वाः व्यापारी थिए । उनी नजिकका केहीलाई उनको समृद्धतामा यति धेरै डाहा लाग्यो कि उनको गलत प्रचार गरे ।


यसक्रममा तात्कालीन राजाले डाहा गर्नेकै कुर सुनेर उनको सम्पत्ति अतिक्रमण गरे । पछि शंखधर साख्वाःको इमान्दारिताबारे सबैले थाहा पाए । उनको सम्पत्ति पनि फिर्ता भयो । पछि शंखधर साख्वाले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋण मोचन गरे । यसै घटनालाई सम्झेर नयाँ संवत् भयो । यी दुई किम्बदन्ती मध्ये दोश्रो चाहि अलि बढी विश्वसनीय लाग्छ ।


तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वाः त्यहाँका बौद्ध धर्मका ठूल–ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ ।


खासमा शंखधर साख्वाः एक व्यापारी थिए, वंशावली र जनविश्वासलाई आधार मान्ने हो भने उनी काठमाडौंका इलाछें टोलका बासिन्दा हुन्, त्यो भनेको अहिलेको भीमसेनस्थान हो। यो टोलमा अझै पनि भीमसेनको मन्दिर रहेको छ र यसको व्यापारसँग नजिकको सम्बन्ध छ। कुनै समय यो टोल आफैं काठमाडौंको व्यापारको केन्द्र थियो, त्यसमाथि शंखधर साख्वाः आफैंले तिब्बतसँग जोडिएको व्यापार गर्थे। काठमाडौं र तिब्बतबीचको व्यापार आफैंमा अद्वितीय र ऐतिहासिक छ।


केशर पुस्तकालयमा रहेको वंशावलीलाई आधार मानेर भन्दा उनलाई राजा राघवदेवको समकालीन मानिन्छ। इतिहास पल्टाउँदै जाँदा के थाहा हुन्छ भने तिनै राजा राघवदेवको पालादेखि नेपालमा, विशेषतः काठमाडौं उपत्यकामा शक संवतको चलन सकिन्छ र सुरु हुन्छ, नेपाल संवतको। यो नयाँ संवत थियो र यहाँनिर राजा राघवदेव, शंखधर साख्वाः, तिब्बतसँगको व्यापार आदिको धेरै संयोग जोडिन आउँछ। शंखधर साख्वाःले तिब्बत व्यापारका क्रममा अकुत सम्पत्ति कमाए ।


तिब्बतसँगको व्यापारका क्रममा शंखधर साख्वाः त्यहाँका बौद्ध धर्मका ठूल–ठूला धर्मगुरुहरूसँग सम्पर्कमा आएको हुन सक्छ र त्यसकै प्रभावमा उनले आफूले आर्जन गरेको सम्पत्ति दान गरेर जनताको ऋण मुक्त गरेको हुनुपर्छ।


बौद्ध धर्ममा दानको ठूलो महत्त्व छ र यसका अनुयायीलाई दान गर्न प्रेरित गरिन्छ। शंखधर साख्वाः पनि यसबाटै प्रभावित भएर ठूलो संख्यामा दान गर्न तयार भए, जसले त्यतिबेलाको जनताको ऋण तिर्न पुगेको थियो। अनि त्यसकै सम्झनामा एउटा सर्वथा नयाँ संवत् नै सुरु भएको विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया