पर्यटन
हिमपातका कारण याकखर्कमा अलपत्र ४ विदेशी पर्यटकको उद्दार
मुस्ताङ र डोल्पाको सीमानामा बाक्लो हिमपात परेका कारण बाटो पहिल्याउन नसक्दा अलपत्र

जोमसोम—हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सीमावर्तीक्षेत्र याकखर्कमा कार्तिक ४ गतेदेखि दुई दिनसम्म अलपत्र परेका विदेशी पर्यटकको शनिबार प्रहरीको रोहबरमा उद्दार गरिएको छ ।उनीहरुको कैलाश एअरको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कार्तिक ४ गतेका दिन मुस्ताङ र डोल्पाको सीमानामा बाक्लो हिमपात परेका कारण जर्मनका दुई पुरुष ,दुई महिला र २ जना नेपाली पथप्रर्दशक गाईड अलपत्र परेका थिए । समून्द्री सतहदेखि ५ हजार ३ सय मिटर अग्लो उचाईको अग्लो पहाड क्रस गरेर मुस्ताङ आउने क्रममा पदमार्ग पहिल्याउन नसक्दा उनीहरु बीच बाटोमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
उनका अनुसार याकखर्कमा पर्यटक अलपत्र परिरहेको सूचना स्थानीयबासीबाट प्रहरीलाई खबर प्राप्त भएपछि बिदेशी पर्यटकसहित पर्यटक गाईडको समेत हेलि मार्फत जोमसोम ल्याएर उद्दार गरिएको हो । यसअघि अपलपत्र परेका विदेशी पर्यटकले नेपाल स्थित जर्मन दुताबासमा आफुहरु पदमार्गमा अलपत्र परेको सूचना जानकारी गराएको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

डोल्पाबाट मुस्ताङको मुक्तिनाथ हुदै पदमार्ग गरेर फर्किने योजनासहित गत असोज १७ गते डोल्पाको दुनैबाट पदयात्रामा हिडेका उनीहरुले आवश्यक बन्दोबस्तीका सामान करिव ७÷८ वटा घोडामा बोकाएर ल्याएका थिए ।पर्यटक मुस्ताङ र डोल्पाको सीमानाकामा हराएको २ दिपछि मात्र सम्पर्कमा आएका थिए । उनीहरुलाई कैशाल एअरको हेलिकोप्टरले ४ टिप गरेर जोमसोम ल्याई पू¥याएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे ।
उनका अनुसार दुनैबाट सामान बोकाएर ल्याईएका घोडाहरु सो स्थानबाट पुनः दुनै फिर्ता पठाईएको थियो । भारी हिमपातका कारण अलपत्र परेका विदेशी पर्यटकको टोली शनिबारनै मुक्तिनाथ पुगेर पदयात्रामा निस्किएको जनाईएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया